रिडी हाइड्रोपावरकाे साधारण सभा मंसिर २६ मा डाकियाे

-


     सफल आवाज    
     मंसिर ६ गते २०७७ मा प्रकाशित


काठमाडौं, ६ मंसिर । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीकाे वार्षिक साधारण सभा मंसिर २६ गते डाकिएकाे छ । सभा कम्पनीको कर्पोरेट कार्यालय, काठमाडौंमा बिहान ११ बजे डाकिएकाे हाे । कम्पनीका अनुसार साधारणा सभा भर्चुअल हुनेछ ।

सभामा ५ प्रतिशत बोनस शेयर वितरणका लागि प्रस्ताव लगिने भएकाे छ । कम्पनीको सञ्चालक समितिकाे बैठकले कर तिर्न ०.२६% नगद लाभांश दिने निर्णय पनि गरेकाे छ। साधारणा सभामा छलफलका लागि प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने लगायतका अन्य एजेन्डा पनि रहेका छन् ।

यस्तै कम्पनीको अधिकृत पुँजी वृद्धिकाे एजेण्डा पनि रहेकाे छ । १ अर्ब १० करोड रुपैयाँलाइ बढाएर १ अर्ब १५ करोड बनाउने विषयमा छलफल हुने भएकाे छ ।

साधारण सभाका लागि रिडी हाइड्रोपावरले मंसिर १५ गते बुक क्लोज गर्ने भएकाे । मंसिर १४ गतेसम्म कायम भएका शेयरधनीले लाभांश सुरक्षित गर्न र साधारण सभामा भाग लिन सक्नेछन् ।