शिवम् सिमेन्ट उद्योगमा आगलागी

-


     सफल आवाज    
     मंसिर ६ गते २०७७ मा प्रकाशित


काठमाडाै, ६ मंसिर । हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ ।

विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा शनिबार बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको उनले बताएका छन्।

स्थानीयवासी प्रहरी, उद्योगका कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलबाट आगो नियन्त्रणमा लिइएको थियो ।