बिओके क्यापिटलको ४.५ प्रतिशत लाभांश पारित

-



     सफल आवाज    
     मंसिर ७ गते २०७७ मा प्रकाशित



काठमाडौं, ७ मंसिर । बिओके क्यापिटलको पाँचौ साधारण सभाबाट ४.५ लाभांश पारित भएकाे छ । सम्पन्न साधारण सभाबाट आर्थिक वर्ष २०७६/२०७७ को वित्तिय विवरण पारित गरिएको छ ।

सभाले प्रस्तावित ४.५ प्रतिशतले हुन आउने ९४ लाख ५० हजार नगद लाभांश करसहित पारित गरेको छ । आर्थिक वर्ष २०७६/२०७७ को संचित मुनाफा, चुक्ता पूँजी २१ करोडबाट ४.५ लाभांश पारित भएको हो ।

यस्तै साधारण सभाले सामुहिक लगानी कोष व्यवस्थापन र रकम जम्मा लगायतका व्यवस्थापनका काम क्यापिटलले गर्ने प्रस्तावलाई पारित गरेको छ । साधारण सभाको अध्यक्षता संचालक समितिका अध्यक्ष महेश मिश्रले गरेका थिए ।