सुनको मूल्य ३ सयले बढ्यो

-



     सफल आवाज    
     मंसिर ७ गते २०७७ मा प्रकाशित



काठमाडौं, ७ मंसिर । आइतबार सुनको मूल्य बढेको छ । आइतबार सुन प्रतितोला ३०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २१० रुपैयाँ रहेको महासंघले जनाएको छ ।