नागरिक लगानी कोषले कमायो १४ करोड ५९ लाख खुद नाफा

-



     सफल आवाज    
     मंसिर ७ गते २०७७ मा प्रकाशित



काठमाडौं, ७ मंसिर । नागरिक लगानी कोषले यस आर्थिक वर्षको पहिलो त्रैमासमा २०.६३ प्रतिशत खुद नाफा कमाएको छ । कोषको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १४ करोड ५९ लाख खुद नाफा गरेको छ । गएको वर्ष यही अवधिमा कोषको खुद नाफा १२ करोड १० लाख रहेको थियो ।

नागरिक लगानी कोषको संचित कोषमा अहिले ८ अर्ब २८ करोड रुपैयाँ रहेको छ । एक अर्ब ६४ करोड चुक्ता पूँजी रहेको कोषको हकप्रद शेयर बिक्री पछि चुक्ता पूँजी ३ अर्ब पुर्याइने भएको छ । कोषले ११ अर्ब ७३ करोड संगठित संस्थाहरुमा लगानी गरेको छ भने सरकारी ऋणपत्रका लागि १ अर्बभन्दा धेरै लगानी गरेको छ । नागरिक लगानी कोषले ९१ अर्ब रुपैयाँ मुद्धति निक्षेपमा लगानी गरेको छ भने कोषको बैंकमा भएको मौज्दात रकम ९७ करोड भन्दा धेरै छ ।

कोषको अघिल्लाे वर्षको भन्दा यो पटक प्रतिशेयर आम्दानी घटेको छ । प्रतिशेयर आम्दानी ३३ रुपैयाँ रहेको छ । गएको वर्षको पहिलो त्रैमासमा प्रतिशेयर आम्दानी ३८ रुपैयाँ रहेको थियो ।