
पाेखरा, ८ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराले नवौँ राष्ट्रिय कर सप्ताहको अवसरमा कास्कीमा सबैभन्दा बढी आयकर तिर्ने उत्कृष्ट करदाता टेम्पल ट्री रिसोर्ट पोखरा र स्याङ्जाको सूर्योदय लघुवित्त बितिय संस्थालाई सम्मान गरेकाे छ ।
कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत विजय लामिछानेका अनुसार गण्डकी प्रदेश सरकारका प्रमुख सचिव विष्णुप्रसाद नेपाल र आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख ऋषिराम पोखरेलले उत्कृष्ट करदाता टेम्पल ट्री रिसोर्टका सञ्चालक वसन्त गौतम र स्याङ्जाको सूर्योदय लघुवित्त बितिय संस्थाका सञ्चालक गुणाखर सापकोटालाई दोसल्ला, माला र प्रमाणपत्रले सम्मान गरेका हुन ।
याे पटक पाेखरामा कर सप्ताहकाे अवसरमा लेखनाथ उद्योग वाणिज्य सङ्घ, पोखरा चेम्बर अफ कमर्स, पृथ्वीनारायण क्याम्पस व्यवस्थापनका विद्यार्थीसँग करका बारेमा परामर्शका कार्यक्रम आयोजना गरिएको थियाे ।
आन्तरिक राजश्व कार्यालय पोखराले चालू आर्थिक वर्षमा रु चार अर्ब ८२ करोड राजश्व सङ्कलनको लक्ष्य लिएकाे थियाे । पहिलाे चौमासिकमा रु एक अर्ब २० करोड राजश्व सङ्कलन गरेको जानकारी दिएकाे छ । कार्यालयका अनुसार कास्की र स्याङ्जासहित एक लाख ५८ हजार ८५ करदाता दर्ता भएको कर अधिकृत लामिछानेले सफल आवाजलाई जानकारी दिए ।






काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा… 



