सनराइज बैंकले घोषणा गर्यो लाभांश, बोनश ५.८० प्रतिशत

-



     सफल आवाज    
     मंसिर ८ गते २०७७ मा प्रकाशित



काठमाडौं, ८ मंसिर । सनराइज बैंकले लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट बैंकले शेयरधनीहरुका लागि सोमबार लाभांश घोषणा गरेको हो ।

बैंकले २०७७ असार मसान्त सम्मका मुनाफाबाट ५२ करोड १ लाख रुपैयाँ बराबरको ५.८० प्रतिशत बोनस र कर सहित २२ करोड २४ लाख रुपैयाँ बराबरको २.४८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंक सञ्चालक समितिको कार्तिक ७ गते बसेको ३५९ औँ बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।