
पोखरा, ८ मंसिर । पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा पाइलटको मृत्यु भएको छ । एक यात्रु घाइते भएकी छन् । दुर्घटनामा परी पोखरा २८, कालिका निवासी ३८ वर्षीय राजु नेपालीको मृत्यु भएको हो । घाइते हुनेमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा २ निवासी २८ वर्षीया शीला श्रेष्ठ हुन् ।
फिस्टेल नेपाल कंपनी अन्तर्गतको ग्लाइडर फेवाताल किनारमा ल्याण्ड गर्ने क्रममा सोमबार खपौदी क्षेत्रस्थित ल्यान्डिङ जोनभन्दा झण्डै डेढ किमीमाथि दुर्घटनामा परेको हो ।
दुर्घटनापछि घाइते दुवैजनाको उपचारार्थ पोखराको सिर्जनाचोकस्थित मेट्रो सिटी अस्पतालमा पुर्याइएकोमा पाइलट नेपालीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । घाइते श्रेष्ठको छाती र खुट्टामा चोट लागेको छ । उनको थप उपचारार्थ काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पछिल्लो समय पोखरामा प्याराग्लाइडिङ उडान गर्नेहरुको आकर्षण बढेको छ । अहिले दैनिक ६ सयसम्म उडान हुने गरेका थिए । हाल पोखरामा ६१ कम्पनी रहेकोमा ५० कम्पनी नियमित संचालनमा छन् ।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



