एनआईसी एशिया बैंकको लाभांश सुरक्षित गर्ने समय आजसम्म

-



     सफल आवाज    
     मंसिर ९ गते २०७७ मा प्रकाशित



काठमाडौं, ९ मंसिर । एनआईसी एशिया बैंकका शेयरधनीहरुले आजसम्म मात्रै लाभांश सुरक्षित गर्न सक्ने भएका छन् ।

बैंकको साधारण सभा मंसिर २१ गते बोलाईएकोले त्यसको प्रयोजनार्थ मंसिर १० गतेदेखि २१ सम्म बुक क्लोज हुने निर्णय भएकोले आजसम्म कायम भएका शेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन पाउने र उनिहरुले लाभांश पनि पाउनेछन् ।

बैंककाे आर्थिक वर्ष २०७६/२०७७ को १९ प्रतिशत बोनस शेयर तथा १ प्रतिशत नगद लाभांशसहित २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएकाे छ । बैंकका अनुसार ९ करोड ७२ लाख बराबरको नगद लाभांशसहित जम्मा १ अर्ब ९४ करोड ३५ लाख प्रस्तावित लाभांश साधारण सभाबाट पारित भएपछि वितरण गरिने भएको छ ।