नेप्से परिसूचक २९.६८अंकले बढ्यो, ५ अर्ब ४४ करोडको कारोबार

-



     सफल आवाज    
     मंसिर ९ गते २०७७ मा प्रकाशित



काठमाडौं, ९ मंसिर । नेप्से परिसूचक २९ दशमलव ६८ अंकले बढेको छ । साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक २९ दशमलव ६८ अंकले बढेर १ हजार ८ सय १० दशमलव ११ अंकमा पुगेको हो ।

नेप्से परिसूचक लामो समय पछि १ हजार ८ सय माथि पुगेको हो । कारोबार रकम करिब साढे ५ अर्ब रुपैयाँ नाघेको छ । दिनभर भएका ४९ हजार ७ सय ८३ कारोबारबाट १ सय ९६ कम्पनीका १ करोड १७ लाख ४८ हजार ५ सय २० कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम ५ अर्ब ४४ करोड २९ लाख ५० हजार १ सय ८९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा कारोबार हुने १३ उपसमूहहरु मध्ये होटल समूह भनेर घटेर रातो देखिएको छ । होटल मंगलबार १।६५ प्रतिशत अर्थात ३४ दशमलव ९२ अंकले ओरालो लागेको छ । यो बाहेक अन्य सबै समूहहरु उकालो लागेका छन् ।