नबिल बैंक र दराजको ‘सारथी’ वित्तीय कार्यक्रम शुरु

-



     सफल आवाज    
     मंसिर ९ गते २०७७ मा प्रकाशित



काठमाडौं, ९ मंसिर । नबिल बैंक र दराज क्यामुले नेपालका साना तथा मझौला उद्यमलाई सहयोग पुर्याउन एक कार्यक्रबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । दुबैको सहकार्यमा “सारथी” वित्तीय कार्यक्रम सुरू भएको छ ।

नबिल बैंक, ग्राहकहरुलाई सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने एक अग्रणी वाणिज्य बैंक हाे । दराज नेपाल, हजारौं विक्रेताहरूलाई ग्राहक समुदायसंग जाेड्ने देशकै ठूलो अनलाइन स्टोर हो । दराजका विक्रेताहरूले आकर्षक सुविधा तथा ब्याज दरको नबिल एसएमई कर्जाको लागि आवेदन दिन सक्ने भएका छन् । यसका लागि नयाँ पुराना सबै ग्राहकहरुले आवेदन दिन सक्ने बैंकका डेपुटी सीईओ सुजित कुमार शाक्यले बताए ।

सीईओ शाक्य र दराज क्यामुका प्रबन्ध निर्देशक लिनो अल्हेरिङ्गले आज आयाेजित विशेष समारोहमा सम्झौता पत्रमा हस्ताक्षर पनि गरे । साे अवसरमा शाक्यले भने, “कार्यक्रम नेपालमा डिजिटल बजारको विकासको लागि निकै महत्वपूर्ण रहनेछ । मुख्य प्राथमिकता नेपालका एसएमईहरुलाई बिभिन्न लगानी कार्यक्रम मार्फत व्यवसाय बिस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सारथी कार्यक्रमको लागि दाराजसंग सहकार्य गरेको बताउदै उनले भने, यस वित्तीय कार्यक्रमले कोभिड–१९ को कारणले आइपरेका कठिनाइहरू पार गर्न मद्दत पुग्नेछ । व्यवसायलाई दीर्घकालीन स्थिरता र बृद्धिका लागि पुर्नजीवित गर्नेछ । दराज क्यामुका प्रबन्ध निर्देशक अल्हेरिङ्गल भने, सारथी कार्यक्रमलाई नबिल बैंकसंगको सहकार्यमा प्रस्तुत गर्न पाउँदा धेरै उत्साहित भएको बताए । अर्थतन्त्रमा कोभिड–१९ को प्रभावलाई ध्यानमा राखी ल्याईएको कार्यक्रम महत्वपूर्ण साबित भएको उनको भनाई थियो ।

नबिल बैंकले आफ्ना देशभर ११९ वटा शाखा कार्यालयहरु, १७५ एटीएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरुसहित विभिन्न देशमा रहेका ऐजेन्टको बृहत सञ्जाल मार्फत निरनतर गुणस्तरिय सेवा प्रवाह गरिरहेको संचार विभाग प्रमुख कृष्ण सुवेदीले बताए ।