
काठमाडौं, १० कात्तिक । आगामी १७ गतेदेखि चन्द्रागिरी हिल्सको आईपीओ निष्कासन हुने भएको छ । नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्ने अन्तिम स्वीकृति पाएसँगै चन्द्रागिरी हिल्सले पहिलो चरणका लागि १७ गतेदेखि निष्काशन गर्न लागेको हो ।
पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि ३ लाख ६ हजार ८ सय १९ कित्ता शेयर निष्कासन गर्नेछ । यो निष्कासन प्रक्रिया पूरा भएपछि दोस्रो चरणमा आम सर्वसाधारणलाई शेयर निष्कासन गर्ने कम्पनीको तयारी छ ।
पहिलो चरणको आईपीओ काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर ३, ४, ६ र ७ तथा मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ९ र १० एवं इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ५ का स्थानीयबासीले मात्रै पाउँछन् ।
सो कम्पनीले १८ करोड ४० लाख रुपैयाँ बराबरको १८ लाख ४० हजार कित्ता शेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । यो कम्पनीको कुल १ अर्ब ५३ करोड चुक्तापुँजीको १२ प्रतिशत बराबर हो । यसको बिक्री मूल्य १ सय रुपैंया तोकिएको छ ।
कुल १८ लाख ४० हजार कित्तामध्ये ३ लाख ६ हजार कित्ता शेयर प्रभावित एवं स्थानीयवासीलाई वितरण गरेपछि सर्वसाधारणलाई करिब १५ लाख ३४ हजार कित्ता शेयर वितरण हुनेछ । यो चुक्ता पुँजीको १० प्रतिशत बराबर हो ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



