सिटिजन्स बैंकको लाभांस सुरक्षित गर्ने समय आजसम्म मात्रै

-



     सफल आवाज    
     मंसिर १० गते २०७७ मा प्रकाशित



काठमाडौं, मंसिर १० । सिटिजन्स बैंकका शेयरधनीहरुले आजसम्म लाभांस सुरक्षित गर्नसक्ने भएका छन् । उनिहरुको लागि आज लाभांस सुरक्षित गर्ने अन्तिम दिन हो ।

बैंकले मंसिर २० गतेका लागि चौधौं साधारण सभा डाकेको छ । यसका लागि बुक क्लोज गर्ने समय मंसिर ११ गतेसम्म रहेकोले आज लााभांस सुरक्षित गर्न सक्ने अन्तिम दिन बाँकी रहेको हाे । आजसम्म कायम भएका शेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता जनाउन पाउने छन् । बैंकद्वारा प्रस्तावित लाभांस पारित भएपछि लाभांस पाउने छन् ।

बैंकले कोरोना भाइरसको संक्रमणलाई मध्येनजर गर्दै यसपटक अनलाईनमार्फत साधारण सभा डाकेको छ । संचालक समितिको बैठकले प्रस्ताव गरेको ८ प्रतिशत बोनस शेयर तथा ३ प्रतिशत नगद गरी ११ प्रतिशत लाभांस साधारण सभाले पारित गरेपछि बैंकले शेयरधनीहरुलाई लाभांस वितरण गर्ने भएको छ ।