एभरेस्ट एफ.एम. ९३ मेगाहर्जकाे प्रसारण सुरू

-



     सफल आवाज    
     मंसिर १० गते २०७७ मा प्रकाशित



पोखरा,१० मंसिर । पोखराकाे एभरेस्ट एफ.एम. ९३ मेगाहर्जले आजबाट बिधिवत प्रसारण सुरू गरेकाे छ । संचार क्षेत्रमा लामाे अनुभव सँगालेका पोखराका अग्रज संचारकर्मी र उद्यमीसँगको सहकार्यमा याे एफ.एम संचालनमा ल्याइएको बताइएकाे छ।

एभरेस्ट मिडिया हाउस प्रा.लि.की अध्यक्ष कर्मकुमारी गुरुङले एफ.एम.को आज विधिवत रुपमा उद्घाटन गरेकी छन। ब्राह्मण पण्डित र लामा गुरुद्वारा स्वस्तीवाचन गरी एफ.एम.को शुभारम्भ गरिएको एभरेस्ट मिडिया हाउसका कार्यकारी निर्देशक दीपेन्द्र श्रेष्ठले सफल आवाजलाई बताए।

गण्डकी प्रदेशका सबै जिल्लाका समाचार,सुचना लगायतका गतिबिधी समेट्दै यो रेडियोलाई जनताको सुचनाको संबाहक बनाउने लक्ष्य रहेको कार्यकारी निर्देशक श्रेष्ठले स्पष्ट पारे ।