राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शाक्यको निधन

-



     सफल आवाज    
     मंसिर ११ गते २०७७ मा प्रकाशित



काठमाडौं, ११ मंसिर । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको निधन भएको छ ।

कोरोना भाइरस संक्रमणका कारण नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान उनको निधन भएको हो ।

दि शाक्य फाउन्डेसन नेपालका संस्थापकसमेत रहेका उनी २०७० मा योजना आयोगको उपाध्यक्ष थिए ।