नेप्से परिसूचक १८.४३ अंकले बढ्यो, ७ अर्ब ६१ करोड बढीको कारोबार

-



     सफल आवाज    
     मंसिर ११ गते २०७७ मा प्रकाशित



काठमाडौं, ११ मंसिर । साताको अन्तिम दिन नेप्से १८.४३ अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक १८.४३ अंकले बढेर एक हजार ८ सय ९३ दशमलब २४ विन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार आज दिनभर भएका ७० हजार भन्दा धेरै कारोबारबाट २०१ कम्पनीको १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाँ पुगेको छ ।