पिपुल्स पावरले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने

-



     सफल आवाज    
     मंसिर १२ गते २०७७ मा प्रकाशित



काठमाडाैं, १२ मंसिर । पिपुल्स पावर लिमिटेडकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरिएकाे छ ।

अब प्रभुले कम्पनीकाे सर्वसाधारणका लागि आइपीओ निष्काशन तथा बिक्रीका सबै काम गर्ने भएको छ । कम्पनीले कुल लगानीको ३० प्रतिशत बराबरले हुन आउने प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्न लागेको छ ।

पिपुल्स पावरले स्थानिय र सर्वसाधारणका लागि कुल शेयरको ३० प्रतिशत शेयर निष्काशन गर्ने भएको हो । यसका लागि गएको भाद्र २७ काे कम्पनीको साधारण सभाले प्रस्ताव पारित गरेको थियो । शेयर निष्काशन तथा बिक्री प्रवर्धनका सबै काम प्रभु क्यापिटलले गर्ने भएको छ । प्रभु क्यापिटलसंग बिक्री प्रबन्धकका बारेमा सम्झौता पनि गरिएको छ । सम्झौता पत्रमा पिपुल्स पावरका तर्फबाट सञ्चालक सन्तोषराज नेपाल तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

पिपुल्स इनर्जी लिमिटेडले इलामको इलाम नगरपालिका १ साँखेजुङ र वडा नं ४ को माइपोखरीको पुवाखोलामा ४.९६ मेगावाट क्षमताको दोश्रो जलविद्धुत आयोजना निर्माणकाे काम गरिरहेको छ ।