अरुण कावेली पावरको शेयरमूल्य नेप्सेमा समायोजन

-


     सफल आवाज    
     मंसिर १२ गते २०७७ मा प्रकाशित


काठमाडाैं, १२ मंसिर । अरुण कावेली पावर लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको बोनसपछिकाे शेयरमूल्य नेप्सेले समायोजन गरेकाे हो ।

कम्पनीको ५.७१ प्रतिशत बोनसमा मूल्य समायोजन भई प्रतिकित्ता २५४ रहेको छ । आईतबार कम्पनीको शेयर खुला हुने भएको छ । अरुण कावेलीको लाभांश वितरणका लागि बिहिबार बुक क्लोज भएपछि नेपाल स्कट एक्सचेन्जले शेयरमूल्य समायोजन गरेर नयाँ मूल्य कायम गरेको हो ।

कम्पनीको मंसिर २२ गते साधारण सभा बोलाईएको छ । साधारण सभाले ५.७१ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । साधारण सभाबाट पारित भएपछि उक्त लाभांश वितरण हुने भएको छ