शुक्रबार सुनचाँदीको मूल्य घट्यो

-


     सफल आवाज    
     मंसिर १२ गते २०७७ मा प्रकाशित


काठमाडौं, १२ मंसिर । शुक्रबार सुनचाँदीको मूल्य ओरालो लागेको छ । आज सुन तोलामा २०० रुपैयाँले घटेको छ । छापावाला सुन प्रतितोला ९१ हजार ३०० मा कारोबार भएको छ ।

तेजाबी सुन प्रतितोला ९० हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भएको छ ।