प्रभु लाइफको ६० लाख कित्ता आईपीओ आउँदै

-



     सफल आवाज    
     मंसिर १२ गते २०७७ मा प्रकाशित



काठमाडौं, १२ मंसिर । प्रभु लाइफ इन्स्योरेन्सलाई आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले इन्स्योरेन्सलाई आईपीओ निष्काशन गर्न मंसिर ११ गते बिहिबार अनुमति दिएको हो । बोर्डले कम्पनीलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी हुने छ ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । ६० लाख कित्ता आईपीओ निष्काशन गरी बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ हुने छ । साधारण शेयर निष्कासनका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।