३२५ बि १ लायन्सको दोस्रो क्याबिनेट मिटिङ आज शनिबार हुदैं

-



     सफल आवाज    
     मंसिर १३ गते २०७७ मा प्रकाशित



काठमाडौं , १३ मंसिर । लायन्स क्लब्स इन्टरनेशनल डिष्टिक्ट ३२५ बि १ नेपालको दोस्रो क्याबिनेट मिटिङ आज शनिबार हुदैंछ । लायन्स क्लब अफ पोखरा पिस चौतारीले होस्ट गरेको यो क्याबिनेट मिटिङ भर्चुअल हुनेछ।  

कोरोना महामारीका कारण प्रविधिको प्रयोग गर्दै जुम मार्फत मिटिङको आयोजना गरिने होस्ट क्लबका अध्यक्ष प्रेमप्रसाद दाहालले बताए । दिउसो १ बजे सुरु हुने यो क्याबिनेट मिटिङमा सम्पुर्ण लायन्सहरुलाई सहभागिता जनाउन कार्यक्रम संयाेजक डा बिष्णु चापागाईंले आग्रह गरेका छन ।

कार्यक्रमको प्रमुख अतिथि लायन्स इन्टरनेशनलका थर्ड भाइस प्रेसिडेन्ट डा. पेट्टी हिल रहेकी छन । पुर्ब इन्टरनेशनल डाइरेक्टर लायन सञ्जय खेतान र एरिया लिडर लायन बालकृष्ण बुर्लाकोटिको बिशेष आतिथ्यता तथा नेपाली लायन्स लिडरहरु र सबै लायन्स सदस्य हरुको भर्चुअल उपस्थितीमा कार्यक्रम आयोजना गर्नेगरि सबै तयारी पुरा गरिएको डिष्टिक्ट गभर्नर लायन मन बहादुर रोक्काले सफल आवाजलाई बताएका छन ।