नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज:नेतृत्वको भाग्यरेखा कस्काे काेरिएला ?

-



     सफल आवाज    
     मंसिर १३ गते २०७७ मा प्रकाशित



काठमाडौं, १३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदैछ । महासंघको ५४ औं साधारण सभाबाट महासंघको नयाँ नेतृत्वको भाग्यरेखा कोरिने भएको छ ।

एशोसियटबाट प्रतिनिधत्व गर्ने चन्द्रप्रसाद ढकाल र किशोर प्रधानबीच बरिष्ठ उपाध्यक्ष पदका लागि प्रतिष्पर्धा हुँदैछ । दुवै उम्मेदवारले देश दौडहाको क्रममा आआफ्नो जितको दाबि गरेका थिए । उक्त दावि कस्को पोल्टामा जान्छ, त्यो भने आज हुने मतदानपछि आउने परिणामले देखाउने नै छ ।

निर्वाचन बिहान ८ वजेबाट शुरु हुँदैछ । निर्वाचनका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्योग वाणिज्य समूह, कार्कि व्यांकेट माईतीघरमा एशोसिएस सदस्य समूह तथा नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय टेकुमा बस्तुगत संघ समूहको छुट्टा छुट्टै ताेकिएका मतदान केन्द्रमा मतदान हुँदैछ ।

कोरोना भाइरसको संक्रमणको जोखिमको कारण भिडभाड नहोस् भन्ने उदेश्यले तीन ठाउँमा सुरक्षा सजगताका साथ मतदान केन्द्र तोकिएको हो । निर्वाचन समितिका अनुसार कोरोनाको संक्रमण भएका मतदाता भएको खण्डमा उनिहरुको लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा अलग्गै व्यवस्था गरिएको छ ।

निर्वाचनमा ९०४ एसोसिएट सदस्य संस्थाहरुले मतदान गर्ने भएका छन् । ६ वटा द्विराष्ट्रिय वाणिज्य संघका प्रतिनिधिले पनि सहभागिता जनाउने छन् । उनिहरु काठमाडौंमै रहेका छन् । बस्तुगतर्फका १०१ संघहरुले मतदानमा सहभागिता जनाउने भएका छन् भने जिल्ला तथा नगरको तर्फबाट १०५ जना अध्यक्षहरुले मतदान गर्ने भएका छन् ।

महासंघको निवार्चन सचिवालयले एसोसिएट, द्विराष्ट्रिय, बस्तुगत तथा जिल्ला नगरका गरेर कुल १११६ मतदाता रहेका जनाएको छ ।

निर्वाचनका लागि विभिन्न १२३ जना उम्मेदवार खडा भएका छन् । उनिहरुमध्ये दुईजना निर्विरोध भईसकेका छन् । आज बाँकी १२१ जनाले प्रतिष्पर्धा गर्दैछन् । उनिहरुबाट ७० जना निर्वाचित भएर आउने भएका छन् ।

मतदाताहरुको अन्तिम सूची तलको लिंकमा छ ।

https://drive.google.com/file/d/1_K0iXeo5JubLNdSKv3201rJggqDfW4_c/view?usp=sharing