पोखरा पर्यटन परिषद्मा भट्टराई

-



     सफल आवाज    
     मंसिर १३ गते २०७७ मा प्रकाशित



पोखरा, १३ मंसिर । पोखरा पर्यटन परिषद्को अध्यक्षमा गोपीबहादुर भट्टराई सर्वसम्मत् चयन भएका छन् ।

परिषद्को शुक्रबार ११ औं अधिवेशनबाट आगामी २ वर्षको लागि भट्टराई सर्वसम्मत् नेतृत्वको लागि चयन भएका हुन् ।

कार्यसमिति उपाध्यक्षमा पोमनारायण श्रेष्ठ, महासचिवमा रामचन्द्र शर्मा, सचिवमा तारानाथ पहारी र कोषाध्यक्षमा कृष्ण काफ्ले चयन भए ।

यस्तै, सदस्यमा लक्ष्मण सुवेदी र शोभाकान्त पौडेल छन् । रिक्त २ सदस्य पछि चयन हुने छन् ।
अधिवेशनको गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्दै कोरोनाविरुद्ध सतर्कता अपनाएर पोखराको पर्यटन व्यवसाय खुला गर्नुपर्ने बताए ।

सो अवसरमा पत्रकार सन्तोष पोखरेललाई सम्मान गरिएको थियो ।