जन्ती बोकेको जीप दुर्घटनामा ४ जनाको मृत्यु

-



     सफल आवाज    
     मंसिर १३ गते २०७७ मा प्रकाशित



काठमाडौं, १३ मंसिर । रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते छन् ।

जिल्लाको आठबीसकोट नगरपालिका–७ को पोखरामा आठबीसकोट–२०, घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप शुक्रबार राति साढे ८ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परी आठबीसकोटका ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा, ५१ वर्षीय गोरे नेपाली र ५१ वर्षीय कलिभान नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली सख्त घाइते भएको नगर प्रमुख गोरखबहादुर केसीले जानकारी दिए ।

दुर्घटनापछि जीप चालक फरार रहेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।