उद्योग वाणिज्य महासंघमा ढकाल समूहले खोल्यो खाता, संस्थापक संघतर्फबाट दामु विजयी

-



     सफल आवाज    
     मंसिर १३ गते २०७७ मा प्रकाशित



पोखरा, १३ मंसिर । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको शनिबार भएको निर्वाचनमा पोखराका दामु अधिकारी संस्थापक संघतर्फबाट विजयी भएका छन् ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष अधिकारीले चितवनका उत्तमलाल चुकेलाई मात्र २ मतले पराजित गरेका हुन् । विजयी अधिकारीले ७ मत प्राप्त गरेका हुन् ।

उनको जितसँगै महासंघका वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल प्यानलले खाता खोलेको छ ।

महासंघको शनिबार भएको मतदान प्रक्रियामा सतप्रतिशत मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ । मतगणना जारी छ ।