जिल्ला नगरको उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी

-



     सफल आवाज    
     मंसिर १३ गते २०७७ मा प्रकाशित



काठमाडौं, १३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरको उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी भएका छन् ।

बरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधान समूहबाट जिल्ला नगर उपाध्यक्षमा उम्मेदवार बनेका श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठले ५८ मत ल्याएर चन्द्र ढकाल समूहका गुणनिधी तिवारीलाई पराजित गरेका छन् । तिवारीकाे मत ४७ रहेकाे छ ।