जिल्ला नगरमा किशोर प्रधान समूहकाे वर्चश्व

-



     सफल आवाज    
     मंसिर १३ गते २०७७ मा प्रकाशित



काठमाडौं, १३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको आज सम्पन्न निर्वाचनको जिल्ला नगरकाे मत परिणाम हेर्दा किशाेर प्रधान समूहकाे वर्चश्व देखिएकाे छ । १८ सदस्यका लागि ३८ जनाले उम्मेदवारी दिएकाेमा ११ जना किशोर प्रधान समूह र ७ जना चन्द्रप्रसाद ढकाल समूहबाट विजयी भएका छन् ।

प्रधान समूहबाट विजयी हुनेमा राजन श्रेष्ठ ७९, तारानाथ घिमिरे ७२ मत, शोभाकान्त पौडेल ७० मत, कमल कुमार श्रेष्ठ ७० मत,  गजेन्द्र कुमार भगत ६८ मत, चक्र बहादुर अधिकारी ६७ मत, अरुणराज सुमार्गी ६६ मत, देव कुमार श्रेष्ठ ६४ मत, रामेश्वर मानन्धर ६३ मत, कमान बहादुर खड्का ६२ मत र सुरकृष्ण वैद्यकाे ६१ मत रहेकाे छ ।

ढकाल समूहबाट कुविर कुमार श्रेष्ठ ५८ मत, डिबी बस्नेत ५८ मत, गोपाल केडिया ५५ मत, महेन्द्र कुमार श्रेष्ठ ५४ मत, उमेश डालमिया ५३ मत, किशोर कुमार आचार्य ५२ मत र अमृत भट्टचनकाे ५१ मत रहेकाे छ ।