महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

-



     सफल आवाज    
     मंसिर १४ गते २०७७ मा प्रकाशित



काठमाडौं, १४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल बिजयी भएका छन् । शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्दी किशोर  प्रधानलाई पराजित गर्दै उनी वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।

आइतबार बिहानको मतपरिणाम अनुसार चन्द्र ढकालले कुल मतभारमा ५४.२६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी किशोर प्रधानलले समग्र ४५.७४ मत मात्र ल्याउन सके ।

एशोसियटमा ढकालले ५२२ र प्रधानले ३७५, बस्तुगतमा ढकालले ५९ र प्रधानले ३९ तथा जिल्लानगरतर्फ ढकालले ५२ र प्रधानले ५३ मत ल्याएका छन् ।

ढकालले वस्तुगततर्फ १२.५४ प्रतिशत, उद्योग वाणिज्यतर्फ २४.७६ प्रतिशत, एसोसियटतर्फ १७.४६ प्रतिशत मत सहित कूल ५४.२६ प्रतिशत मत ल्याएर विजयी भएका हुन् ।

वरिष्ठ उपाध्यक्षका लागि भोटिङ हुँदा विभिन्न समूहका लागि फरक–फरक मतभार निर्धारण गरिएको थियो । सबै मतभारलाई १०० प्रतिशत मानेर ५० प्रतिशत बढी मत प्राप्त गर्ने वरिष्ठ उपाध्यक्षमा विजयी हुने महासंघको विधानमा छ । विधानअनुसार जिल्ला नगर वाणिज्य संघको ५०, वस्तुगतको २० र एशोसिएट्सको ३० प्रतिशत मतभार छ ।

महासंघको जिल्ला नगर वाणिज्यतर्फ उपाध्यक्षमा दिनेशलाल श्रेष्ठ, बस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र एशोसियटतर्फ उपाध्यक्षमा रामचन्द्र संघई निर्वाचित भए । तीमध्ये संघई ढकाल प्यानलका हुन् ।

विजयी भएपछि सफल आवाजसंगको कुराकानीमा ढकालले सबै मतदाता व्यवसायीलाई धन्यवाद दिदै यो जित आफ्नो मात्र नभै सम्पुर्ण ब्यबसायीको जित भएको बताए। अब समुहलाई बिर्सेर अध्यक्ष शेखर गोल्छासंग मिलेर काम गर्ने पनि बताए ।

ढकालको सरलपन, राष्ट्रिय नेटवर्क र स्थापित व्यावसायि भएका कारण उनको जित हुने पहिलेनै धेरैले आकलन गरेका थिए । तर अधिकांश पुर्ब अध्यक्षहरुले उनलाई साथ नदिएकाले मत परिणाम कस्तो आउने होला भन्दै निर्वाचनलाई सबैले चासोका साथ हेरेका थिए ।

ढकालकाे विजयसँगै उनी निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको २०औँ अध्यक्ष बन्ने पक्का भएको छ । महासङ्घको विधानमा वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको अध्यक्ष बन्ने प्रावधान रहेकाे छ । सोही व्यवश्था अनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्दैछन्।

यो पनि…