ठूलो दुर्घटनाबाट जोगियो कैलाश एयरको हेलिकप्टर

-



     सफल आवाज    
     मंसिर १४ गते २०७७ मा प्रकाशित



काठमाडौं, १४ मंसिर । कैलाश एयरको हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण गरेको छ । चरासँग ठोएिकपछि हेलिकप्टर नुवाकोटको दालथोकको डाँडामा आकस्मिक अवतरण गरिएको जिल्ला प्रशासन कार्यालय, नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ सुवेदीले सफल आवाजलाई जानकारी दिए ।

सफल आवाजसँगको कुराकानीमा प्रमुख जिल्ला अधिकारी ढकालले भने, ‘प्रारम्भिक जानकारी अनुसारचालकसहित ६ यात्रु लिएर आएको कैलाश एयरको हेलिकोप्टर चरामा ठोक्किएको भनेर आकस्मिक अवतरण भएको हो, मानवीय क्षति केहि भएको छैन ।’ त्यहाँ रहेका यात्रुलाई अर्को हेलिकप्टरबाट काठमाडौं ल्याइसकिएको छ ।

आकस्मिक अवतरण भएको हेलिकप्टरको अगाडिको सिसा फुटेको उनले जानकारी दिए ।