उद्योग वाणिज्य महासंघमा १९ औं अध्यक्षमा गोल्छा

-



     सफल आवाज    
     मंसिर १४ गते २०७७ मा प्रकाशित



काठमाडौं, १४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको १९ औँ अध्यक्ष शेखर गोल्छा बनेका छन्।

कार्यकाल पूरा भएपछि अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्षलाई सुम्पने महासंघकाे विधानबमोजिम भवानी राणाले गोल्छालाई पदभार हस्तान्तरण गरेकी हुन् ।

महासंघको निर्वाचन आइतबार बिहान मात्र सम्पन्न भएको हो । प्रमुख निर्वाचन अधिकृत उपेन्द्र पौडेलले गोल्छालाई अध्यक्षको प्रमाणपत्र हस्तान्तरण गरे ।

यो सँगै आइतबारदेखि भवानी राणा निवर्तमान अध्यक्ष बनेकी छिन् । गोल्छा नेतृत्वको कार्यसमितिमा उनी दोस्रो वरियतामा रहनेछिन् । हालका निवर्तमान अध्यक्ष पशुपति मुरारका पूर्व अध्यक्ष बनेका छन् ।

गोल्छाले आइतबार नै पद तथा गोपनीयताको शपथ समेत लिएका छन् ।

महासंघका निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकालले चुनाव जित्दै २० औं अध्यक्षका लागि ढोका खुला गरिसकेका छन् ।