माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा पुष २ मा आव्हान

-



     सफल आवाज    
     मंसिर १५ गते २०७७ मा प्रकाशित



काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको संक्रमणको जोखिम र चाडपर्वको कारण स्थगित माछापुच्छ्रे बैंकको २२ औं वार्षिक साधारण सभा पुष २ गते आव्हान गरिएको छ । यसअघि बैंकले कार्तिक ६ गते साधारण सभा बोलाएकोमा कोरोना भाइरसको संक्रमणको जोखिम तथा चाडपर्वलाई मध्येनजर गरेर स्थगित गरिएको थियो ।

साधारण सभामा बैंकद्वारा प्रस्तावित ३.३७ प्रतिशत नगद लाभांश तथा ७.०३ प्रतिशत बोनस शेयर प्रस्ताव पारित गरिने भएको छ । यस्तै मर्जर, प्राप्ति तथा अन्य रणनीतिक एजेण्डाहरुका कामको लागि संचालक समितिलाई अख्तियारीको प्रस्ताव गरिएको छ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज २२ गते नै बुक क्लोज गरेको थियो । बैंककाे असोज २१ गतेसम्म कायम भएका शेयरधनीहरुले साधारण सभामा भाग लिन र लाभांश पाउने भएका छन् । बैंकको साधारण सभा अर्चुअल माध्यमबाट पुष २ गते पूर्वान्ह ११ वजे होटल पोखरा ग्राण्ड, पार्दीमा हुने भएको छ ।

गएको असोज १४ गतेको संचालक समितिको ४२९ औं बैठकले कार्तिक ६ गते २२ औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेकोमा असोज ३० गतेको बैठकले सभा स्थागित गरेको थियो ।