अरुण भ्याली हाईड्रोपावरद्वारा ५.०२६ प्रतिशत लाभांश घोषणा

-



     सफल आवाज    
     मंसिर १५ गते २०७७ मा प्रकाशित



काठमाडौं, १५ मंसिर । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्म्पनीले कम्पनीको आर्थिक वर्ष २०७६/२०७७ को खुद मुनाफा सहितको संचितीबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनश शेयर र ०.२६३ प्रतिशत कर प्रयोजनसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको उक्त लाभांश वितरणको प्रस्तावाई आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण गरिने कम्पनीको सोमबारको बैठकले निर्णय गरेको हो ।

पहिलो चरणमा कावेली बी १ क्यासकेड जलविद्युत आयोजना निर्माणमा आवश्यक स्वपूँजी लगानीका लागि कम्पनीको २३ औं साधारण सभाबाट पारित बोनश शेयर पछि कायम हुने चुक्ता पूँजीको एक बराबर ०.५ प्रतिशतको अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव २३ औं वार्षिक सधारण सभामा पेश गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।