हिमालयन बैंकले २० प्रतिशत लाभांश दिने

-



     सफल आवाज    
     मंसिर १५ गते २०७७ मा प्रकाशित



काठमाडौं, १५ मंसिर । हिमालयन बैंकले २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको मंसिर १४ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷७७ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १४ प्रतिशत बोनस शेयर रहेको छ । ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

हाल बैंकको चुक्तापूँजी ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।