नेप्से २८.७९ अंकले बढ्यो,८ अर्ब ८६ करोड बढीको कारोबार

-



     सफल आवाज    
     मंसिर १५ गते २०७७ मा प्रकाशित



काठमाडौं, १५ मंसिर । साताको दोस्रो दिन नेप्से २८.७९ अंकले बढेको छ । सोमबार नेप्से परिसूचक २८.७९ अंकले बढेर १ हजार ९ सय ९७ दशमलब ५ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.६३ विन्दुले बढेर ३८५.५६ मा पुगेको छ ।

दिनभरमा ८३ हजार ५ सय ६७ कारोबारबाट १९८ कम्पनीका २ करोड ५१ लाख ९१ हजार ३ सय १९ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ८ अर्ब ८६ करोड ७७ लाख १४ हजार ६ सय ८२ रुपैयाँ पुगेको छ ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ८ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ४ वटा उपसमूहको शेयर घटेको छ ।

बैंकिङ ७.३८, विकास बैंक ४८.१४, वित्त ५.४१ र सामूहिक लगानी कोष ०.१३ विन्दुले घटेको छ । यस्तै व्यापार १५१.०७, होटल ४.९६, जलविद्युत् ८९.२३, निर्जीबन बीमा १९३.०४, उत्पादन ७३.६३, अन्य ४०.२८, लघुवित्त ३७.६ र जीवन बीमा ८२३.३६ विन्दुले उकालो लाग्यो ।

कारोबार भएका कम्पनीमध्ये आज नेपाल लाइफ इन्सुरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३८ करोड ४८ लाख ८६ हजार ७७२ बराबरको कारोबार भयो ।

नेपाल पुनर्बीमा कम्पनी रु ३७ करोड ३४ लाख ११ हजार १०९, प्रभु बैंक रु ३६ करोड ७१ लाख ३९ हजार ९३६, नेपाल बंगलादेश बैंक रु ३३ करोड ३३ लाख २७ हजार ७८४, ग्लोबल आइएमई बैंक रु २७ करोड दुई लाख ३२ हजार २१३, नेपाल इन्भेस्टमेन्ट बैंक रु २४ करोड ८६ लाख चार हजार ५२५, नेपाल बैंक रु २४ करोड ६० लाख ७५ हजार , नबिल बैंक रु २२ करोड ९७ लाख १३ हजार १४० र एनएमबी बैंक रु २२ करोड ५४ लाख ४१ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

आज कारोबार भएका कूल कम्पनीमध्ये ११० कम्पनीको शेयर उकालो लाग्यो भने ५६ कम्पनीको शेयर ओरालो लाग्दो छ कम्पनीको शेयरमा भने कुनै परिवर्तन भएन । स्टकका अनुसार, युनाइटेड मोदी १०, माथिल्लो तामाकोशी ९.८०, ग्रिन डेभलपमेन्ट बैंक ९.७०, नेपाल बङ्गलादेश बैंक ९.६९, साञ्जेन जलविद्युत् कम्पनी ९.६२, रसुवागढी हाइड्रोपावर ९.६१, नेपाल लाइफ इन्सुरेन्स कम्पनी ९.४४, साल्ट टे«डङ कर्पोरेसनका लगानीकर्ताले ९.१७ प्रतिशतले कमाए ।

त्यसैगरी विशाल बजार कम्पनी १०, बोटलर्स नेपाल तराई ५.४२, लुम्बिनी विकास बैंक ४.१०, गरिमा विकास बैंक ३.७९, प्राइम बैंक ३.७७, श्री इन्भेस्टमेन्ट बैंक ३.६७, नेपाल एसबिआई बैंक ३.४४, महालक्ष्मी विकास बैंक ४.३७ र पोखरा फाइनान्सका लगानीकर्ताले ३।३२ प्रतिशतले गुमाए ।

आजको वृद्धिसँगै कूल बजार पूँजीकरण भने रु २६ खर्ब ७६ अर्ब ५२ करोड ४५ लाख ६० हजार ७९० बराबर पुगेको छ । नेप्से र कारोबारमा उच्च अङ्कले भइरहेको वृद्धिका कारण कूल बजार पूँजीकरणसमेत झण्डै रु २७ खर्ब बराबर पुगेको हो ।