न्याय परिषद् सदस्यमा श्रेष्ठ नियुक्त

-


     सफल आवाज    
     मंसिर १५ गते २०७७ मा प्रकाशित


काठमाडौँ, १५ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम सुनसरी जिल्ला, धरान निवासी वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठलाई (प्रपनं ९२)लाई न्याय परिषद् सदस्यमा नियुक्त गर्नुभएको छ ।
संविधानको धारा १५३ उपधारा (१)को खण्ड ङ दफाबमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।