एनआईसी एशिया डाईनामिक डेब्ट फण्डको इकाईमा आवेदन गर्ने दिन आज मात्रै

-



     सफल आवाज    
     मंसिर १६ गते २०७७ मा प्रकाशित



कठमाडौं, १६ मंसिर । एनआईसी एशिया म्युचुअल फण्डबाट संचालन हुने एनआईसी एशिया डाईनामिक डेब्ट फण्डको इकाईमा आवेदन गर्ने आज अन्तिम दिन हो ।

एनआईसी एशिया बैंक कोष प्रवद्र्धक रहेको खुल्लामुखि म्युचुअल फण्ड अन्तर्गत संचालन हुने उक्त डेब्ट फण्डका लागि मंसिर १२ गतेदेखि इकाई निष्काशन र बिक्री खुलाइएको थियो ।

प्रति इकाई १० रुपैयाँको दरले ५० करोड रुपैयाँ बराबरको इकाई बिक्री खुलाईएको हो । ७५ लाख इकाई कोषको प्रवद्र्धक रहेको एनआईसी एशिया बैंकको लागि सुरक्षित गरेर सर्वसाधारणका लागि पहिलो चरणमा १ करोड २५ लाख इकाई खुला गरिएको हो ।

प्रति इकाई १० रुपैयाँले न्युनतम १०० र बढीमा ५० लाख इकाईसम्मका लागि आवेदन दिन सकिन्छ । यसको व्यवस्थापनको कार्य एनआईसी एशिया क्यापिटले गरेको छ ।