युनिलिभर नेपालको वार्षिक साधारण सभा आज, के छन् एजेण्डा ?

-



     सफल आवाज    
     मंसिर १६ गते २०७७ मा प्रकाशित



काठमाडौं, १६ मंसिर । नेप्सेमा सूचीकृत सबैभन्दा महँगो शेयर मूल्य भएको कम्पनी युनिलिभर नेपाल लिमिटेडको वार्षिक साधारण सभा आज अपरान्हमा अनलाइनबाट आयोजना हुँदैछ ।

साधारण सभा कम्पनीको कर्पोरेट कार्यालयमा अपरान्ह पाैने चार वजेबाट शुरु हुने भएकाे छ ।सभामाबाट शेयरधनीहरुलाई प्रति शेयर १०० रुपैयाँका दरले लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरिने भएको छ ।

यस्तै साधारण सभामा विभिन्न परियोजनाहरुको खर्च, कम्पनीको प्रबन्ध पत्र, नियमावली संशोधन लगायतका प्रस्तावहरु परित गरिने भएको छ ।

कम्पनीले गएको कार्तिक २७ गते साधारण सभा र लाभांश वितरण प्रयाेजनका लागि बुक क्लोज गरेको थियो । अघिल्लो दिन कार्तिक २६ गतेसम्म कायम भएका शेयरधनीहरुले लाभांश पाउने भएका छन् ।