सुनको मूल्यमा सामान्य वृद्धि, तोलामा कति पुग्यो ?

-



     सफल आवाज    
     मंसिर १६ गते २०७७ मा प्रकाशित



काठमाडौं, १६ मंसिर । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार तोलामा ९० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार १५० रहेको महासंघले जनाएको छ ।