१२ लाख २७ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत

-



     सफल आवाज    
     मंसिर १६ गते २०७७ मा प्रकाशित



काठमाडौं, १६ मंसिर । नेप्सेमा आज एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको बोनस शेयर वापतको १२ लाख २७ हजार ४३४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

उक्त कम्पनीको ३२ दशमलव ५० प्रतिशत बोनस शेयर बुधवारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार योग्य हुनेछ । सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र यो शेयर कारोबार गर्न सक्नेछन् ।