
काठमाडौं, १६ मंसिर । साताको तेस्रो दिन नेप्से ३.३५ अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ३.३५ अंकले बढेर २ हजार दशमलब ४० विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज ७ अर्ब ४० करोड ४१ लाख ५४ हजार ७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ५ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ७ वटा उपसमूहको शेयर घटेको छ । बैंकिङ ४१.४३, व्यापार १०७.६४, होटल २०.८२, विकास बैंक ५२.८४, वित्त ७.४३, निर्जीवन बीमा ३४ र सामूहिक लगानी कोष ०.१८ बिन्दुले ओरालो लागे ।
यस्तै, जलविद्युत् ३८.६३, उत्पादन ९९.८१, अन्य १०७.७, लघुवित्त १.४३ र जीवन बीमा २१६.८३ बिन्दुले उकालो लागे । स्टकका अनुसार आज कारोवारका आधारमा नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६५ करोड ७९ लाख ८८ हजार १०२ बराबरको कारोवार भयो । यस्तै, नेपाल दूरसञ्चार कम्पनी रु ४४ करोड ३६ लाख ५० हजार ३९९, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ३३ करोड ९० लाख ३५ हजार १६८, नेपाल बङ्गलादेश बैंक रु २५ करोड २६ लाख २४ हजार ५९६, प्रभु बैंक रु २० करोड ८५ लाख ६० हजार ५३, शिवम् सिमेन्ट रु २० करोड ३७ लाख २२ हजार ९८२ र नबिल बैंक रु २० करोड ११ लाख ९४ हजार ६६० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार आज पुनरबीमा कम्पनी ९.९७, रसुवागढी हाइड्रोपावर ९.९६, माथिल्लो तामाकोशी ९.८५, नेपाल दूरसञ्चार कम्पनी ९.७१, साञ्जेन जलविद्युत् कम्पनीका लगानीकर्ताले ९.६८ प्रतिशतले कमाए । यस्तै, ग्रीन डेभलपमेन्ट बैंक ७.७३, नेपाल बङ्गलादेश बैंक ५.६८, बोटलर्स नेपाल तराई ५.३२, मल्टीपर्पोज फाइनान्स ५.११ र साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले ४.५० प्रतिशतले गुमाए ।






काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा… 



