
काठमाडौं, १६ मंसिर ।। जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै सभा, जुलुस र प्रदर्शन गर्नमा राेक लगाएकाे छ । आज प्रेस विज्ञप्ति जारी गर्दै संक्रमणको स्थितिलाई भयावह बनाउने क्रियाकलाप गरे कारवाही गर्ने चेतावनी दिइएको छ।

विभिन्न माग राख्दै काठमाडौंमा राजनैतिक तथा अन्य भीडभाडजन्य गतिविधि बढिरहेको भन्दै प्रशासनले त्यस्ता गतिविधि गर्नमा राेक लगाएकाे सूचना नै जारी गरेको छ।
भीडभाडजन्य गतिविभि सभा, जुलुस, प्रदर्शन गरेमा स्थानीय प्रशासन ऐन २०२८, र संक्रामक रोग ऐन २०२० विपरीत हुने जारी प्रेस विज्ञप्तीमा जनाइएकाे छ ।
प्रशासनको अनुरोधविपरीत सभा, सम्मेलन, जुलुस गरी भीडभाड बढाएमा कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।






काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा… 



