दुबै अध्यक्षबीचको संवादलाई जारी राख्न उचित हुने:श्रेष्ठ

-



     सफल आवाज    
     मंसिर १६ गते २०७७ मा प्रकाशित



काठमाडौं, १६ मंसिर । नेकपाको बालुवाटारमा आज बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डकाे राजनीतिक प्रतिवेदनमाथि छलफल भएको छ । छलफलमा सहभागि नेताहरुले दुबै अध्यक्षबीचको संवादलाई जारी राख्न उचित हुने बताएका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

सचिवालय सदस्यहरुले दुवै अध्यक्षले प्रस्तुत गरेका प्रतिवेदनमाथि आफ्ना बिचार व्यक्त गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा बोलाईएको बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुरक्षाको कारण देखाएपछि बैठक बालुवाटारमा बसेको हो ।

बैठकमा अध्यक्ष ओली र प्रचण्डले आआफ्ना धारणा व्यक्त गरेका र सचिवालय सदस्यहरुले पनि आफ्ना बिचार व्यक्त गरेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार दुबै अध्यक्षको प्रतिबेदनमाथि छलफल शुरु भएको र संवादलाई जारी राख्न उचित हुने नेताहरुले बताएका छन् । अर्को बैठक वुधबार दिउँसो १ वजे बोलाईएको छ ।