माउन्टेन इनर्जीको आईपीओ बाँडफाँड आज

-



     सफल आवाज    
     मंसिर १७ गते २०७७ मा प्रकाशित



काठमाडौं, १७ मंसिर । माउन्टेन इनर्जी नेपालको आईपीओ आज बाँडफाँड हुँदैछ । काठमाडौं डिल्लीवजारस्थित कार्यालयमा बिहान १० वजेदेखि शेयर बाँडफाँड गर्न लागिएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जानकारी दिएको छ ।

कम्पनीले सर्वसाधारणको लागि कार्तिकको २६ गतेबाट आईपीओ निष्काशन खुला गरेको थियो । १९ लाख ६८ हजार २७ कित्ता सर्वसाधारणको लागि निष्काशन भएको थियो । ९८ हजार ४०१ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । सर्वसाधारणले बाँकी १८ लाख ३० हजार २६५ कित्ताको लागि आवेदन दिएका थिए ।

शेयरको बाँडफाँड गोलाप्रथाबाट गर्न लागेको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको छ । आईपीओमा ६ लाख ५१ हजार ५७५ जना योग्य आवेदक रहेका छन् । उनिहरु मध्ये १ लाख ८३ हजार २६ जनाले शेयर पाउने भएका छन् । बाँकी ४ लाख ६८ हजार बढी आवेदकको हात भने खालि हुने भएको छ ।