सानिमा माई हाइड्रोपावरद्वारा १५ प्रतिशत लाभांसको प्रस्ताव

-



     सफल आवाज    
     मंसिर १७ गते २०७७ मा प्रकाशित



काठमाडौं, १७ मंसिर । सानिमा माई हाइड्रोपावरको पुष २३ गते साधारण सभा बोलाईएको छ । साधारण सभाबाट पारित भएपछि प्रस्तावित १५ प्रतिशत लाभांश शेयरधनीहरुलाई वितरण गरिने भएको छ ।

सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । पाँच प्रतिशत नगद तथा १० प्रतिशत बोनस शेयर गरेर जम्मा १५ प्रतिशत लाभांश वितरण गर्ने संचालक समितिको मंसिर १५ गते बसेको बैठकले निर्णय गरेको हो ।

कम्पनीको साधारण सभा पुष २३ गते बोलाईएको छ । साधारण सभा तथा लाभांस वितरण प्रयोजनार्थ पुष १३ गते बुक क्लोज गरिने भएको छ । पुष १२ गतेसम्म कायम हुने शेयरधनी मात्र लाभांस वितरणका हकदार हुने भएका छन् ।

.