चन्द्रागिरी हिल्सको आईपीओ आजबाट खुला

-



     सफल आवाज    
     मंसिर १७ गते २०७७ मा प्रकाशित



काठमाडौं, १७ मंसिर । चन्द्रागिरी हिल्सले स्थानियका लागि खुलाएको आईपीओमा आजबाट आवेदन गर्न सकिने भएको छ । कम्पनीले शुरुमा आयोजनाबाट प्रभावित स्थानियका लागि ३ लाख ६ हजार ८१९ कित्ता निष्काशन र बिक्री खुलाएको हो ।

चन्द्रागिरी नगरपालिकाका वडा नं ३, ४, ६ र ७, थानकोट गाविस अन्तर्गतका साविकका सबै वडाहरु, महादेवस्थानका ३, ४, ५, ६, ७, ८, मकवानपुर जिल्ला थाहा नगरपालिकाका ९ र १० नं वडा, इन्द्र सरोवर गाउँपालिकाको वडा नं ५ का स्थानियले आवेदन गर्न सक्ने कम्पनीले जनाएको छ । पहिलो चरणमा स्थानियका लागि खुला गरिएको आईपीओमा आवेदकले घटीमा १० र बढीमा ३ हजार ६० कित्तासम्म आवेदन गर्न सक्ने भएका छन् ।

आवेदन गर्न चाहनेले पुष १ गतेसम्म आवेदन दिन सक्नेछन् । निष्काशन गरिएको शेयर सबै बिक्री नभएको खण्डमा ढीलोमा पुषको १५ गतेसम्म आवेदन गर्न सकिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।