२४ घण्टाअन्तरमा दम्पतीको मृत्यु

-



     सफल आवाज    
     मंसिर १७ गते २०७७ मा प्रकाशित



इलाम, १७ मंसिर । पूर्वी नेपालको इलाममा २४ घण्टाअन्तरमा श्रीमान्श्रीमतीको मृत्यु भएको छ ।
फाकफोकथुम गाउँपालिका ४ मा गत मंसिर १५ गते कोरोना संक्रमित श्रीमान्को मृत्यु भएको भोलिपल्टै मंसिर १६ मा उनकी श्रीमतीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि विराटनगरको नोवेल अस्पतालमा उपचार गराइरहेका ती पुरुषलाई मंसिर ८ देखि भ्यान्टिलेटरमा राखिएको थियो । सोही दिन श्वाव संकलन गरिएकोमा रिपोर्ट पोजेटिभ देखिएको थियो ।

५ दिनसम्म लगातार भेन्टिलेटरमा राखेर उपचारपछि मंसिर १३ मा भ्याटिलेटरबाट निकालिएको थियो । तैपनि त्यसको २ दिनपछि उनमा श्वासप्रश्वासमा समस्या र धड्कन अनियन्त्रित भयो । र, मंसिर १५ मा धर्ती छाडे ।

यता, श्रीमान्को मृत्युको खबर सुनेपछि श्रीमतीले पनि आफूमा अप्ठ्यारो महसुस गरिन् । उपचारार्थ तत्कालै अस्पताल लगिएकोमा उनको पनि अस्पताल पुर्‍याउँदा–नपुर्‍याउँदै मृत्यु भएकोे स्वास्थ्य कार्यालय इलामका फोकलपर्सन विमल बरालले जानकारी दिए ।