सुनको मूल्य बढ्यो, तोलाको कति ?

-



     सफल आवाज    
     मंसिर १७ गते २०७७ मा प्रकाशित



काठमाडौं, १७ मंसिर ।आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ९० हजार ५ सयमा कारोबार भएको आज तोलामा ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार र तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार १८५ रहेको महासंघले जनाएको छ ।