वोमी लघुवित्तको ३० प्रतिशत बोनस शेयर प्रस्ताव

-



     सफल आवाज    
     मंसिर १७ गते २०७७ मा प्रकाशित



काठमाडौं, १७ मंसिर । वोमी लघुवित्त ले गत आर्थिक वर्षको कमाइबाट ३० प्रतिशत बोनस शेयर शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको मंसिर १६ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य मुनाफाबाट उक्त बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो। यस लघुवित्त र नागिरक लघुवित्त आपसमा गाभिएकोले मर्जरमा जाने संस्थालाइ बोनसमा लाग्ने कर छुट हुनेछ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।