सेयर बजार ७०.६२ अंकले बढ्यो, ७ अर्ब ३७ करोडको कारोबार

-



     सफल आवाज    
     मंसिर १७ गते २०७७ मा प्रकाशित



काठमाडौं, १७ मंसिर । नेप्से परिसूचक ७० अंक भन्दा माथिले उकालो लागेको छ । नेप्सेमा कारोबार हुने व्यापार बाहेक अन्य सबै समूहहरु बढेर हरियाली देखिदा नेप्से परिसूचक ७० दशमलव ६२ अंकले बढेर २ हजार ७१ दशमलव ०२ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.१९ प्रतिशत अर्थात १२.२५ अंकले बढेर ३९६ दशमलव ०४ अंकमा पुगेको छ । दिनभर भएका ६० हजार ८ सय ४६ कारोबारबाट २०१ कम्पनीका १ करोड ५४ लाख १६ हजार ३ सय ८३ कित्ता सेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम ७ अर्ब ३७ करोड ४० लाख १७ हजार ९ सय रुपैयाँ पुगेको छ । बुधबार व्यापार समूह १६ दशमलव ६३ अंकले ओरालो लागेको छ भने अन्य सबै समूह बढेका छन् ।