नोभेल एकेडेमी १९ औं वर्षमा प्रवेश

-



     सफल आवाज    
     मंसिर १७ गते २०७७ मा प्रकाशित



पोखरा, १७ मंसिर । पोखराको न्यूरोडमा रहेको नोभेल एकेडेमी आजबाट १९ औं वर्षमा प्रवेश गरेको छ । सन् २००२ डिसेम्बर २ मा स्थापित यस कलेजले ए लेभलको शिक्षा पोखरामा पहिलो पटक भित्राएर कलेज शुरु गरेको थियो ।

हाल गण्डकी प्रदेशको उत्कृष्ट कलेजको रुपमा परिचित नोभेल एकेडेमीमा हाल ए लेभल, बि.बि.ए., एमबिए, ब्याचलर अफ नर्सिङ, ब्याचलर अफ फार्मेसी संकायमा विद्यार्थीहरु अध्ययन गरिरहेको कलेजका संस्थापक अध्यक्ष एवं सिइओ विश्वेश्वर आचार्यले सफल आवाजलाई बताए । हाल सञ्चालनमा रहेका सबै संकाय निजी कलेजमा भित्र्याउने नोभेल पोखराकै निजी क्षेत्रको पहिलो कलेज रहेको सिइओ आचार्यले बताएका छन ।

कलेजका सिइओ विश्वेश्वर आचार्य

कलेजको वार्षिकोत्सकाे अवसरमा कलेजलाई आजको अवस्थासम्म पुर्याउन विभिन्न क्षेत्रबाट सहयोग र सहकार्य गर्ने सम्पूर्ण सुभेच्छुकहरु, कलेजका शिक्षक शिक्षिका, अभिभावक, विद्यार्थी, कर्मचारीप्रति आभार प्रकट गरिएको कलेजका कार्यकारी निर्देशक सिता लामिछानेले बताइन् ।